नेपाल प्रिमियर लिग क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । सोमबार भएको दोस्रो खेलमा हात पारेको यो जित काठमान्डुको लगातार चौथो जित हो, जसले टोलीलाई प्रतियोगिताको शीर्ष स्थानमा पुर्याएको छ ।
प्रतियोगिताको पहिलो खेल जनकपुर बोल्ट्ससँग गुमाएको काठमान्डुले त्यसयता खेलेका सबै खेलमा जित हासिल गर्दै आएको छ । पाँच खेलबाट ८ अंक जोडेको काठमान्डुले लुम्बिनी लायन्सलाई १ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको छ । यस जितले टोलीको प्लेअफ प्रवेश लगभग पक्का भएको छ ।
पराजित चितवन राइनोज भने पाँच खेलमा ५ अंकसहित चौथो स्थानमा रहेको छ ।







