भाइटीका लगाएलगत्तै बुधबार चितवनको पर्यटकीय नगरी सौराहामा आन्तरिक पर्यटकको भीड लागेको छ। चितवन र वरपरका क्षेत्रबाट घुमघामका लागि निस्केका पर्यटकले सौराहा तथा आसपासका पर्यटकीय स्थल भरिएका छन्।
आएका पर्यटक जीप सफारी, ड्यामसाइड तथा हात्ती प्रजनन् र तालिम केन्द्रको अवलोकनमा व्यस्त देखिन्थे। यसै दसैंमा मात्रै २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए। तिहारमा पनि पर्यटक सौराहा र निकुञ्जतर्फ निस्किएका छन्।
तर पछिल्ला केही दिनयता इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खसेकाले पर्यटक आवागमन भने सोचेअनुसार नभएको सौराहाका पर्यटन व्यवसायी शिरलाल परियारले जानकारी दिए।







