मुख्य सामग्रीमा जानुहोस्

पोखरामा ५१ विदेशी अतिथिले लगाए भाइटीका, १५ देशका पर्यटक सहभागी

तिहार मनाउन पोखरा पुगेका ५१ विदेशी पर्यटकले बुधबार भाइटीका लगाएका छन् । होटल संघ पोखराको आयोजनामा भएको महोत्सवमा १५ देशका पर्यटक सहभागी भएका थिए ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
पोखरामा ५१ विदेशी अतिथिले लगाए भाइटीका, १५ देशका पर्यटक सहभागी
Online Khabar

पोखरा पुगेका ५१ जना विदेशी पर्यटकले बुधबार भाइटीका लगाएका छन् । तिहारका अवसरमा होटल संघ पोखराले आयोजना गरेको भाइटीका महोत्सवमा सहभागी भएर उनीहरूले नेपाली परम्पराअनुसार दिदीबहिनीको हातबाट टीका ग्रहण गरेका हुन् ।

महोत्सवमा अमेरिका, बेलायत, चीन, जापान र अस्ट्रेलियासहित विभिन्न १५ देशका पर्यटक सहभागी थिए । रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरूले उनीहरूलाई भाइटीका लगाइदिएका थिए ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले यो महोत्सव संस्कृतिकै माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने र आपसी भाइचारा बढाउने उद्देश्यले आयोजना गरिएको बताए । विदेशी अतिथिलाई नेपाली चाडपर्वसँग प्रत्यक्ष जोड्ने यस्ता कार्यक्रमले पोखराको सांस्कृतिक पक्ष पनि पर्यटकमाझ पुर्‍याउने उनको भनाइ छ ।

कार्यक्रममा पर्यटकले देउसी खेल्नुका साथै नाचगान गरेर रमाइलो गरेका थिए । उनीहरूलाई सेलरोटी चखाइएको थियो भने महिला पर्यटकलाई पछ्यौरा र पुरुषलाई ढाका टोपी उपहारस्वरुप दिइएको थियो ।