नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएको जनाइएको छ।
उक्त सम्मेलन नोभेम्बर १४ तारिखदेखि १७ तारिखसम्म मस्कोमा चल्ने कार्यक्रम छ। सम्मेलनमा विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।
प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि मस्कोतर्फ प्रस्थान गरेका छन्। यसअघि कार्तिक २७ गते शुक्रबार बिहान भएको उक्त यात्राबारे अन्य विवरण भने सार्वजनिक भएको छैन।







