मुख्य सामग्रीमा जानुहोस्

विशाखापटनममा उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेटवार्ता

नेपाल र आन्ध्र प्रदेशबीच व्यापार, लगानी, धार्मिक तथा आरोग्य पर्यटनमा सहकार्य बढाउने विषयमा दुई नेताबीच कुराकानी भएको छ । मन्त्री साहले जलविद्युत्, स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
विशाखापटनममा उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेटवार्ता
Online Khabar

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा भाग लिन पुगेका मन्त्री साहले बिहीबार मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् ।

भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटनको विकासमा सहकार्य गर्दै आर्थिक साझेदारी विस्तार गर्नुपर्ने धारणा राखे । नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको पनि उनले बताए ।

मन्त्री साहले उठाएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री नायडुले प्रतिक्रिया दिए । क्षेत्रीय सहकार्यका लागि आफूहरू इच्छुक रहेको उनले बताए ।</p