मुख्य सामग्रीमा जानुहोस्

एनपीएल प्लेअफ : लुम्बिनी र सुदूरपश्चिम पहिलो क्वालिफायरमा, काठमान्डु एलिमिनेटरमा चितवनसँग भिड्ने

लिगमा ११ अंक जोडेको साविक विजेता लुम्बिनी लायन्स पहिलो र १० अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन्। अन्तिम खेलमा पोखरासँग ५५ रनले पराजित काठमान्डु तेस्रो स्थानमा खस्दै…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
एनपीएल प्लेअफ : लुम्बिनी र सुदूरपश्चिम पहिलो क्वालिफायरमा, काठमान्डु एलिमिनेटरमा चितवनसँग भिड्ने
Online Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै २८ खेल सम्पन्न भएपछि प्लेअफको खेल तालिका तय भएको छ। प्लेअफमा पुग्ने चार टोली आइतबारको अन्तिम लिग खेलअघि नै निश्चित भइसकेका थिए भने अन्तिम खेलको नतिजाले कुन टोली कुन खेलमा भिड्ने भन्ने टुङ्गो लगाएको छ।

अब पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। लिग तालिकामा लुम्बिनीले ११ अंक जोडेर शीर्ष स्थान हासिल गर्‍यो भने सुदूरपश्चिमले १० अंकसहित दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। यी दुईबीचको खेल मंगलबार हुनेछ र यसको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ।

एलिमिनेटरमा भने काठमान्डु गोर्खाजले चितवन राइनोजसँग खेल्नेछ। यो खेलको पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ, जित्ने टोलीले फाइनल पुग्न पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

काठमान्डुका लागि अन्तिम लिग खेल निकै महँगो सावित भयो। शीर्ष दुईमा पुग्न उसलाई पोखरा एभेन्जर्सलाई हराउनै पर्थ्यो, तर प्लेअफ दौडबाट पहिल्यै बाहिरिसकेको पोखराले उक्त खेलमा काठमान्डुलाई ५५ रनले पराजित गर्‍यो। त्यसपछि काठमान्डु तालिकाको तेस्रो स्थानमा सीमित हुन पुग्यो।

सात खेल खेलेको काठमान्डुले चार जित र तीन हारको नतिजा निकाल्दै ८ अंक जोडेको छ। अब उसले फाइनलसम्मको यात्रा जोगाउन एलिमिनेटरको चुनौती पार गर्नुपर्नेछ।