मुख्य सामग्रीमा जानुहोस्

एनपीएल सिजन–३ को उपाधि भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम आमनेसामने

एनपीएल सिजन–३ को फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन्। बिहीबारको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक फाइनल यात्रा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
एनपीएल सिजन–३ को उपाधि भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
Online Khabar

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि भिडन्तमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स आमनेसामने हुने भएका छन्। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलको टिकट पक्का गर्‍यो।

यो जितसँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ। पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो अवसर पाएको सुदूरपश्चिमले चितवनमाथिको खेलमा त्यसको सदुपयोग गर्‍यो। सो खेलमा थरिन्दु रथ्नायके म्यान अफ द म्याच घोषित भए।

यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई एक पक्षीय अन्तरमा हराउँदै सिधै फाइनलमा प्रवेश गरेको थियो। लिग चरणको अंकतालिकामा पनि लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रह्यो भने सुदूरपश्चिम १० अंक जोडेर दोस्रो स्थानमा सीमित भएको थियो।

दुई भेट, दुवैमा लुम्बिनीको पक्ष

यस सिजन अहिलेसम्म लुम्बिनी र सुदूरपश्चिमबीच दुई खेल भएका छन् र दुवैमा लुम्बिनीले जित हात पारेको छ — एक लिग चरणमा, अर्को पहिलो क्वालिफायरमा। अब हुने फाइनल यी दुई टोलीबीच यो सिजनको तेस्रो भेट हुनेछ।

लगातार दोस्रो पटक लुम्बिनी र सुदूरपश्चिमबीच नै उपाधिको भिडन्त हुन लागेको हो। गत सिजनको फाइनलमा पनि यी दुई टोली भेटेका थिए, जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो। यता सुदूरपश्चिम भने पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।