मुख्य सामग्रीमा जानुहोस्

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशसभामा १६ सांसदले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेकपाका ११ र कांग्रेसका ५ सांसदले संयुक्त रूपमा प्रस्ताव दर्ता गराएका हुन्। बुधबार कांग्रेसले सरकार छाडेको थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना सांसदले बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रस्ताव दर्ता गर्नेमा नेकपाका ११ र कांग्रेसका ५ जना सांसद रहेका छन्। उनीहरूले नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका छन्।

यसअघि बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार छाडेको थियो। सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन। ४० सदस्यीय कर्णाली प्रदेशसभामा १६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले पुष्टि गरेको छ।