मुख्य सामग्रीमा जानुहोस्

न्याय परिषद्ले १५७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय

न्याय परिषद्को बिहीबारको बैठकले १५७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। बैठकले उच्च अदालतका ५० न्यायाधीशको पनि सरुवा गरेको छ। साथै, विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्यलाई सिफारिस गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
न्याय परिषद्ले १५७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय

न्याय परिषद्को बिहीबारको बैठकले दुई वर्षको अवधि पूरा गरेका १५७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले काठमाडौं जिल्ला अदालतसहित विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको सरुवा गरेको हो। आर्थिक वर्ष परिवर्तनको अघिल्लो दिन गरिएको यो निर्णयसँगै उच्च अदालतका ५० न्यायाधीशको पनि सरुवा भएको छ।

बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सरकारलाई परामर्श दिएको छ। विशेष अदालतका अध्यक्षको सरुवा भएकाले नयाँ अध्यक्ष तोक्न यस्तो परामर्श दिइएको हो। यस्तै, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरिएको छ भने राजस्व न्यायाधीकरणमा धुव्रराज नन्द, अन्जु उप्रेती ढकाल र दिपेन्द्रबहादुर बमलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरिएको छ।