मुख्य सामग्रीमा जानुहोस्

एपेक सम्मेलनमा पुटिन : एसिया–प्रशान्तका अर्थतन्त्रसँग सकारात्मक साझेदारी चाहन्छ रुस

एपेक सम्मेलनमा बोल्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग सकारात्मक साझेदारी गर्न चाहेको बताएका छन्। उनले खाद्यान्न तथा मलखाद आपूर्ति र प्रविधि तथा एआईसम्बन्धी अनुभव साझा गर्ने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
एपेक सम्मेलनमा पुटिन : एसिया–प्रशान्तका अर्थतन्त्रसँग सकारात्मक साझेदारी चाहन्छ रुस
Nagariknetwork

एपेक सम्मेलनमा सम्बोधन गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग ‘सकारात्मक साझेदारी’ अघि बढाउन चाहेको बताएका छन्।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिनले रुसलाई यस क्षेत्रको ‘अभिन्न हिस्सा’ का रूपमा उल्लेख गरेका छन्। आफ्नो देश विश्वका लागि खुला रहेको र अर्थतन्त्रलाई थप बलियो बनाउँदै लगेको पनि उनले बताए।

आफ्नो सम्बोधनमा पुटिनले ठूलो परिमाणमा हुने खाद्यान्न तथा मलखादको आपूर्तिलाई जोड दिँदै यस क्षेत्रमा रुसको महत्त्वपूर्ण योगदान रहेको बताए। यसैगरी रुस क्षेत्रीय साझेदारहरूसँग कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रविधिसम्बन्धी विज्ञता र अनुभव साझा गर्न तयार रहेको पनि उनको भनाइ छ।

सम्बोधनको अन्त्यमा उनले एपेक सम्मेलनको अन्तिम संयुक्त घोषणापत्रलाई समर्थन जनाएका छन्। पुटिन करिब नौ वर्षपछि एपेक सम्मेलनको पारिवारिक सामूहिक तस्बिरमा सहभागी हुँदै छन्।