मुख्य सामग्रीमा जानुहोस्

क्यालिफोर्नियाको लस एन्जलस आसपास ४.४ म्याग्निच्युडको भूकम्प, ११५ माइल परसम्म कम्पन

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा शुक्रबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। कम्पन लस एन्जलसबाट ११५ माइलसम्म महसुस भएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। क्षति वा चोटपटकको तत्काल विवरण भने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
क्यालिफोर्नियाको लस एन्जलस आसपास ४.४ म्याग्निच्युडको भूकम्प, ११५ माइल परसम्म कम्पन
Nagariknetwork

अमेरिकाको क्यालिफोर्निया राज्यअन्तर्गत लस एन्जलस क्षेत्रमा शुक्रबार बिहान स्थानीय समयअनुसार भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको म्याग्निच्युड ४.४ रहेको थियो।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको कमर्स भन्ने क्षेत्रबाट करिब आधा माइल उत्तर–उत्तरपश्चिमतर्फ पर्छ। उक्त स्थान लस एन्जलस सहरबाट करिब सात माइलको दूरीमा अवस्थित छ।

भूकम्पको कम्पन लस एन्जलसबाट करिब ८० माइल उत्तरमा रहेको ल्यान्कास्टर क्षेत्रमा र करिब ११५ माइल दक्षिणमा पर्ने पोवे क्षेत्रमा समेत महसुस भएको सर्वेक्षणले जनाएको छ। भूकम्प गएको खबर पाएपछि विभिन्न क्षेत्रका बासिन्दाले आफूले धक्का महसुस गरेको बताएका थिए।

भूकम्पबाट भएको क्षति वा कसैलाई चोटपटक लागेको विषयमा भने तत्काल कुनै जानकारी प्राप्त भएको छैन। स्थानीय सञ्चारमाध्यमले सो कुरा उल्लेख गरेका छन्।