मुख्य सामग्रीमा जानुहोस्

बागमतीमा कांग्रेस–एमाले भद्र सहमति, केन्द्रको निर्देशन पर्खिने

बागमती प्रदेशमा कांग्रेस र एमालेबीच भद्र सहमति भएको छ। केन्द्रको स्पष्ट निर्देशन नआएसम्म हाललाई मन्त्रीहरूको जिम्मेवारी हेरफेरको विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउने र जिम्मेवारी नपाएका मन्त्रीहरूलाई विनाविभागीय रूपमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बागमतीमा कांग्रेस–एमाले भद्र सहमति, केन्द्रको निर्देशन पर्खिने

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका दलहरू कांग्रेस र एमालेबीच भद्र सहमति भएको छ। तत्काललाई मन्त्रीहरूको जिम्मेवारी हेरफेरको विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउने र जिम्मेवारी नपाएका मन्त्रीहरूलाई विनाविभागीय रूपमा मुख्यमन्त्रीको कार्यालयमा राख्ने तयारी गरिएको छ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकार सञ्चालन र गठबन्धनको विषयमा दलको नेतृत्वबीच छलफल भइरहेको र सहमतिमै सबै विषय टुंगिने बताए।

हाल बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका छन्।