मुख्य सामग्रीमा जानुहोस्

मिटरब्याजपीडित र सरकारबीचको वार्ता भोलि पुनः बस्ने

मिटरब्याजपीडित र सरकारी टोलीबीच सिंहदरबारमा बिहीबार भएको वार्ता सकारात्मक भएको छ । वार्ता भोलि बिहान ९ बजे पुनः बस्नेगरी स्थगित गरिएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
मिटरब्याजपीडित र सरकारबीचको वार्ता भोलि पुनः बस्ने

मिटरब्याजपीडित र सरकारी टोलीबीचको वार्ता शुक्रबार पुनः बस्नेगरी बिहीबार स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको वार्ता सकारात्मक रहेको मिटरब्याजपीडिततर्फका वार्ता टोली सदस्य एवं संयुक्त जनअधिकार नेपालका निर्ग नविनले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान ९ बजे पुनः वार्ता हुनेछ । वार्तामा सरकारी पक्षबाट संयोजक पुष्कर सापकोटासहित गृह सहसचिव, भूमि सहसचिव, अर्थ सहसचिव र गृह उपसचिव सहभागी थिए ।