दोहा, १० जुलाई २०२४: नेपाली लोकदोहोरीका चर्चित गायक राजु परियारले आगामी जुलाई १२ मा कतारमा हुने “लोक दोहोरी धमाका २०२४” कार्यक्रममा विशेष प्रस्तुति दिने भएका छन्।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाद्वारा आयोजना गरिने यस कार्यक्रममा गायक राजु परियारको विशेष प्रस्तुति रहनेछ। प्रतिष्ठानको सातौं साधारण सभा समेत यसै अवसरमा सम्पन्न हुनेछ।
कार्यक्रममा राजु परियारको प्रस्तुतिसँगै नेपाली समुदायमा प्रचलित मौलिक लोक नृत्यहरु, प्रतिष्ठान शाखा कतारमा आवद्ध कलाकारहरुको सांगीतिक प्रस्तुतिहरु र प्रत्यक्ष लाईभ दोहोरी समेत रहनेछ। कार्यक्रम संयोजक ढकालका अनुसार कतारमा लोकप्रिय पन्चेबाजाको पनि विशेष प्रस्तुति रहनेछ।
नेपाली समुदायलाई लक्षित यो कार्यक्रमले कतारमा रहेका नेपालीहरुलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने एउटा राम्रो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। लामो समयपछि कतारमा प्रस्तुति दिन लागेका राजु परियारको यो कार्यक्रमलाई नेपाली समुदायले उत्सुकतापूर्वक हेरिरहेको छ।
कार्यक्रम संयोजक ढकालका अनुसार कार्यक्रममा आउन र जानको लागि यातायातको पनि व्यवस्था गरिएको छ। छुट्ने स्थान र समय:
मुमताज पार्क: १० बजे बिहान
ग्रेनेड महल: १० बजे बिहान
लतिया मार्केट: १० बजे बिहान
होम सालाल अलि: १०:३० बिहान
कलाकार, मिति, स्थान र समय:
कलाकार: राजु परियार
मिति: २०२४ जुलाई १२
समय: स्थानिय समय अनुसार बिहान ११ बजेदेखि
स्थान: ट्युनिसियम स्कुलको सभाहल, अल लक्ता
थप जानकारीको लागि: कार्यक्रम संयोजक कृष्ण ढकाललाई ७०७२९९२४ मा सम्पर्क गर्नुहोस्।






