मुख्य सामग्रीमा जानुहोस्

कतारमा लोकप्रिय गायक राजु परियारको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो

कतार: लोकप्रिय नेपाली लोक गायक राजु परियारले कतारमा आयोजित एक सांगीतिक कार्यक्रममा दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको वार्षिक साधारण सभामा उनले आफ्नो भव्य प्रस्तुति…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

कतारमा लोकप्रिय गायक राजु परियारको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो

कतार: लोकप्रिय नेपाली लोक गायक राजु परियारले कतारमा आयोजित एक सांगीतिक कार्यक्रममा दर्शकलाई मन्त्रमुग्ध बनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको वार्षिक साधारण सभामा उनले आफ्नो भव्य प्रस्तुति दिएका थिए।

शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसियन स्कुलको सभाहलमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास कतारका महामहिम डाक्टर नरेश विक्रम ढकाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

प्रमुख अतिथि ढकालले कार्यक्रममा बोल्दै आफ्नो दुई वर्षको कार्यकाल सकिएर छिट्टै मातृभूमि नेपाल फर्किन लागेको जानकारी गराए। साथै कतारमा रहेका श्रमिकहरुको श्रम सम्झौता,तलब ज्याला वृद्धि गर्ने,श्रमिकहरुको विमाका समस्या लगायत धेरै काम र कार्य गर्ने आफ्ना योजना, चाहाना र सपना हुँदाहुदै पनि अधुरो छोडेर जानुपर्ने समय आएको कुरा बताउदै, बाकी रहेका काम अब आउने राजदुतलाई जिम्मा लाएर जानलागेको बताएका थिए ।

कार्यक्रममा राजुले आफ्ना चर्चित गीतहरु गाएर उपस्थित दर्शकलाई नाच्न गाउन बाध्य बनाए। उनले नेपालमा हालै आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै स्टेज उक्लेका राजुले एक दर्जन आफ्ना प्रतुती सहित स्थानीय कलाकार संघ लाइभ दोहोरी पनि प्रस्तुति दिएका थिए l

कार्यक्रममा राजुका अलावा पुकार थापा, सुधा परियार, गुना मगर, देव बिस्वकर्मा, मनिष गोस्वामी, सुजन गुरुङ, जनक थापा मगर, सुनिता शेर्पा, चन्द्र बिसी, लगायतका कलाकारहरुले पनि प्रस्तुती दिएका थिए।

१२ सय बढी दर्शकको उपस्थिति रहेको कार्यक्रमलाई कार्यक्रमका आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारका अध्यक्ष शिवराम ढकालले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले लामो समयदेखि प्रतिष्ठानले कतारमा गायन, वादन तथा नृत्यको प्रशिक्षण दिइरहेको र लोक संस्कृतिको जगेर्ना गर्दै आइरहेको बताए।