मुख्य सामग्रीमा जानुहोस्

अनुचित लेनदेन : कानुनी सीमाभन्दा बढी ब्याज लिनु अपराध

अनुचित लेनदेन अर्थात् मिटरब्याज कानुनी दायराभन्दा बढी ब्याज असुल्ने गैरकानुनी वित्तीय कारोबार हो । अधिवक्ता विपिन गौतमका अनुसार साहुले ऋणीलाई विभिन्न प्रपञ्चमा पारी बाध्यता सिर्जना गरी यस्तो कारोबार गर्ने गरेका छन् ।…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
अनुचित लेनदेन : कानुनी सीमाभन्दा बढी ब्याज लिनु अपराध

अनुचित लेनदेन (मिटरब्याज) भन्नाले प्रचलित कानुनले तोकेको सीमाभन्दा बढी अर्थात् १० प्रतिशतभन्दा बढी ब्याज लिने नियतले गरिने गैरकानुनी वित्तीय कारोबारलाई जनाउँछ । अधिवक्ता विपिन गौतमका अनुसार साहुहरूले ऋणीको बाध्यताको फाइदा उठाउँदै विभिन्न प्रपञ्च रच्छन् ।

मुलुकी अपराध संहिता (दोस्रो संशोधन) ऐन, २०८१ ले यसलाई स्पष्ट रूपमा कसुर ठहर गरेको छ । कानुनी तथा व्यावहारिक भाषामा अनुचित लेनदेनलाई गम्भीर अपराध मानिन्छ । यस्तो व्यवहारले सीमान्तकृत समुदायलाई थप पीडित बनाउने गरेको छ ।