मुख्य सामग्रीमा जानुहोस्

नाटक ‘फर्स्ट ड्राफ्ट’मा पात्र र लेखकबीचको संवाद

नाटक ‘फर्स्ट ड्राफ्ट’ ले लेखकको सिर्जनात्मक प्रक्रिया र पात्रहरूसँगको सम्वादलाई मञ्चमा उतारेको छ। कलाकार आशान्त शर्माका अनुसार यो नाटक विशेषगरी सर्जकहरूले हेर्नुपर्छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
नाटक ‘फर्स्ट ड्राफ्ट’मा पात्र र लेखकबीचको संवाद

काठमाडौँ — नाटक ‘फर्स्ट ड्राफ्ट’को पहिलो शो हेरेपछि कलाकार आशान्त शर्माले यो नाटक विशेषगरी सर्जकहरूले हेर्नुपर्ने बताए। नाटकले लेखकको मस्तिष्कमा हुने सिर्जनात्मक घर्षण र पात्रहरूसँगको काल्पनिक संवादलाई प्रस्तुत गर्छ।

नाटकमा लेखकले आफ्ना पात्रहरूको जीवन कसरी रच्छन् भन्ने देखाइएको छ। यदि पात्रहरू आफ्नो कथाबाट बाहिर निस्केर लेखकको सामना गर्न आए भने के हुन्छ? उनीहरू आफ्नो चरित्रप्रति सन्तुष्ट हुन्छन् वा अपूर्ण जीवनमाथि गुनासा गर्छन्? नाटकले यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ।

नाटक हेरिरहँदा दर्शकले लेखकहरूको सोचाइ र सिर्जनात्मक प्रक्रियालाई नजिकबाट अनुभव गर्न सक्छन्। ‘फर्स्ट ड्राफ्ट’ले कल्पनातीत लोकमा लैजान्छ, जहाँ लेखकको सकसलाई उनकै पात्रमार्फत महसुस गर्न सकिन्छ।