मुख्य सामग्रीमा जानुहोस्

चितवनमा बुढी राप्तीमा डुबेर एकको मृत्यु

चितवनको बुढी राप्ती खोलामा शनिबार घोँगी टिप्न गएका एक व्यक्ति डुबेर मृत्यु भएको छ। प्रहरीले उद्धार गरे पनि उपचारको क्रममा उनको ज्यान गएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
चितवनमा बुढी राप्तीमा डुबेर एकको मृत्यु

चितवनको बुढी राप्ती खोलामा शनिबार घोँगी टिप्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका-८ का ४० वर्षीय राजाराम ढकाल रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार घोँगी टिप्न गएका व्यक्ति डुबेको जानकारीपछि खैरहनी इलाका प्रहरी कार्यालयको टोलीले दिउँसो साढे २ बजे घटनास्थलबाट उद्धार गरेको थियो। उनलाई तत्काल भरतपुर अस्पताल पुर्याइएकोमा उपचारका क्रममा दिउँसो ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

बर्खामा नदी, खोला, पोखरी र घोलको पानीको सतह बढेकाले यस्तो बेला पौडी खेल्न, माछा मार्न वा अरू क्रियाकलाप गर्दा सावधानी अपनाउन प्रहरीले स्थानीयलाई आग्रह गरेको छ। मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।