मुख्य सामग्रीमा जानुहोस्

लुम्बिनी प्रदेशमा २० प्रतिशत खेतमा धान रोपाइँ बाँकी

लुम्बिनी प्रदेशका १२ जिल्लामा धान रोपाइँको काम अझै पूरा हुन सकेको छैन। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन १ सम्म ८०.६४ प्रतिशत रोपाइँ भएको छ भने २० प्रतिशत खेतमा रोपाइँ बाँकी छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
लुम्बिनी प्रदेशमा २० प्रतिशत खेतमा धान रोपाइँ बाँकी

लुम्बिनी प्रदेशका १२ जिल्लामा धान रोपाइँको काम अझै पूरा हुन सकेको छैन। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन १ सम्म ८०.६४ प्रतिशत मात्र रोपाइँ भएको छ, जसले २० प्रतिशत खेत अझै खाली रहेको देखाउँछ।

यदि समयमै वर्षा भएको भए अहिलेसम्म ९० प्रतिशत रोपाइँ भइसक्ने निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ।

निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले अहिलेसम्म २ लाख ४३ हजार ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको बताए। ‘सिँचाइ कुलो भएका र समयमा वर्षा भएका स्थानमा धेरै रोपाइँ भएको छ,’ उनले भने, ‘कतिपय स्थानमा पानी पर्याप्त भएकाले छिट्टै रोपाइँ भएको छ।’