मुख्य सामग्रीमा जानुहोस्

कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेलाई दिल्ली प्रहरीले पक्राउ गरेको प्रवक्ताको दाबी

कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले संस्थापक अभिजित दिपकेलाई दिल्ली प्रहरीले पक्राउ गरेको बताएका छन्। उनले केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डालाई १० मिनेट भेटेर मागपत्र बुझाएको पनि जानकारी दिएका छन्। 'चलो संसद्'…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरभ दासले संस्थापक अभिजित दिपकेलाई दिल्ली प्रहरीले सडकबाटै उठाएको बताएका छन्। दासले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रहरीले दिपकेलाई पक्राउ गरेको र विद्यार्थीको समर्थनमा सडकमा आउन सबै सांसदहरूलाई आग्रह गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बरतापूर्ण कुटपिट गरेको आरोप लगाएका छन्।

यसैबीच, दास र अर्का प्रवक्ता आशुतोष रांकाले सोमबार केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डालाई उनकै निवासमा भेटेका छन्। दासका अनुसार झन्डै दुई घण्टा कुर्नुपरेपछि उनीहरूले नड्डासँग १० मिनेटको भेटवार्ता गरे। उनीहरूले पार्टीका मागसहितको लिखित पत्र नड्डालाई बुझाएका छन्। नड्डाले आन्तरिक रूपमा कुरा गर्ने बताएको दासले जानकारी दिएका छन्।

सीजेपीको आह्वानमा सोमबार नयाँदिल्लीमा 'चलो संसद्' मार्च आयोजना गरिएको थियो। जन्तर–मन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवनतर्फ जान लाग्दा सुरक्षाकर्मीले बीचमै रोक्ने प्रयास गरेका थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्जसमेत गरेको छ। सोमबारदेखि संसद्को मनसुन सत्र सुरु भएको छ, जसकारण प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहन्थे।

दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ। सोमबार समाजवादी पार्टीका केही सांसदहरूलाई पनि गिरफ्तार गरिएको छ। सीजेपीका संस्थापक दिपकेको पक्राउपछि पार्टीले थप आन्दोलनको चेतावनी दिएको छ।