मुख्य सामग्रीमा जानुहोस्

४.०५ अंकले घटेर सेयर बजार बन्द, कारोबार रकममा भने सुधार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ ।…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

४.०५ अंकले घटेर सेयर बजार बन्द, कारोबार रकममा भने सुधार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो ।

कारोबार रकममा भने सुधार देखिएको छ । आज ९७ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार ९३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये सातको समूहगत परिसूचक घटेको छ । चार समूहको परिसूचक वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक स्थिर छ ।

सर्वाधिक सेयर मूल्य घट्नेमा अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य आठ प्रतिशतले घटेको छ ।