कन्सास सिटी चिफ्सका आक्रमण समन्वयक एरिक बिनेमीकी पत्नी मिया बिनेमी (५७) भर्जिनियास्थित उनको घरमा गोली लागेपछि अस्पताल भर्ना भएकी छन्। यो घटना आइतबार राति भएको हो।
ईएसपीएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै मिया बिनेमीलाई गोली लागेको र उनलाई उपचारको लागि अस्पताल लगिएको जनाएको छ। लाउडाउन काउन्टी, भर्जिनियाको प्रहरीले ईएसपीएनलाई एक व्यक्तिलाई 'गम्भीर चोटपटक'को उपचार भइरहेको पुष्टि गरे तर नाम उल्लेख गरेन।
कन्सास सिटी चिफ्सले एक विज्ञप्ति जारी गर्दै भन्यो, 'क्लब एरिक बिनेमीको परिवारमा भएको घटनाबारे सचेत छ। उनीहरूको गोपनीयताको सम्मान गर्दै यस समयमा हामी कुनै टिप्पणी गर्ने छैनौं। हाम्रो प्रार्थना र शुभकामना उनीहरूसँग छ।'
एरिक बिनेमी घटनाको समयमा मिसौरीको सेन्ट जोसेफमा टोलीको प्रशिक्षण शिविरमा रहेका थिए। बिनेमी चिफ्सको आक्रमण समन्वयकको रूपमा दोस्रो पटक कार्यरत छन्। यसअघि उनले सन् २०१८ देखि २२ सम्म यही भूमिका निभाएका थिए। गत सिजन उनी शिकागो बियर्सको रनिङ ब्याक्स कोच थिए।
