मुख्य सामग्रीमा जानुहोस्

१ करोडको कोष स्थापना गर्ने योजना सहित युवा उपाध्यक्षमा अब्दुल बासिदको उम्मेदवारी

दोहा, १ करोडको कोष स्थापना गर्ने योजना सहित युवा उपाध्यक्षमा अब्दुल बासिदलको आफ्नो उम्मेदवारी दर्ता गराएका छन् l गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि वर्तमान युवा संयोजक…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

१ करोडको कोष स्थापना गर्ने योजना सहित युवा उपाध्यक्षमा अब्दुल बासिदको उम्मेदवारी

दोहा, १ करोडको कोष स्थापना गर्ने योजना सहित युवा उपाध्यक्षमा अब्दुल बासिदलको आफ्नो उम्मेदवारी दर्ता गराएका छन् l गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि वर्तमान युवा संयोजक बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए हुन् ।  

आफ्नो कार्यकालमा आफूले गर्ने काममध्ये प्रमुख काम एनआरएनए स्पोर्टस् एकेडेमी निर्माण गर्ने र त्यसका लागि व्यक्तिगत ५ लाखबाट शुरुवात गरेर आफ्नो कार्यकालमा १ करोडको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कतार, बेलायत तथा नेपालमा व्यवसाय गर्दै आएका सफल व्यवसायी बासिदले एनआरएनएभित्र युवाका लागि पद मात्र दिइएको र काम गर्ने जिम्मेवारी नदिएको हुँदा अव जिम्मेवारी सहित काम गर्न एनआरएनए युवा उपाध्यक्षमा उम्मेदवारी दिएको जनाएका छन् l ‘उनले अक्टुबर १५ मा नै उबेद्बारी दर्ता गराएका हुन् l

वासिदले युवाको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता आफ्नो मूल मुद्दाहरू भएको र युवा पुस्ताका मुद्दाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरूलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरूका आवाजलाई सशक्तरूपमा उठाउन आफु लागी पर्ने बताएका छन्

यहि १७ देखि २० सम्म हुने गैर आवासीय नेपाली सङ्घको ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् l