मुख्य सामग्रीमा जानुहोस्

नेपालसहित ८८ भन्दा बढी देशको सहभागिता रहेको ‘कतार एक्स्पो २०२३’ को औपचारिक उद्घाटन

दोहा । नेपालसहित ८८ देश भन्दा बढीको सहभागिता रहको कतार एक्स्पो २०२३मा नेपाल पेभिलियनको औपचारिक रूपमा उद्घाटन गरिएको छ। अल बिद्दा पार्कमा जारी एक्सोमा रहेको नेपाली पेभिलियनको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

नेपालसहित ८८ भन्दा बढी देशको सहभागिता रहेको ‘कतार एक्स्पो २०२३’ को औपचारिक उद्घाटन

दोहा । नेपालसहित ८८ देश भन्दा बढीको सहभागिता रहको कतार एक्स्पो २०२३मा नेपाल पेभिलियनको औपचारिक रूपमा उद्घाटन गरिएको छ। अल बिद्दा पार्कमा जारी एक्सोमा रहेको नेपाली पेभिलियनको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले एक कार्यक्रमबीच सोमबार साँझ उद्घाटन गरेका हुन्।

नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको कतार एक्स्पो २०२३ मा नेपालमा उत्पादित नेपाली चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, नेपालमा बनेको कपडा, जुत्ता लगायतका वस्तुहरु राखिएका छन् ।

उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ कतारको संयोजनमा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा, पहिरन, हलो, डोको, नाङलो र पन्चेबाजासहित झाँकीहरोइ प्रस्तुत गरिएको थियो।

उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ कतारको संयोजनमा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा, पहिरन, हलो, डोको, नाङलो र पन्चेबाजासहित झाँकीहरोइ प्रस्तुत गरिएको थियो।

सन् २०२४ को मार्च २८ सम्म चल्ने एक्स्पोमा विश्वभरबाट तीस लाख पर्यटक कतार आउने अनुमान गरिएको छ ।