मुख्य सामग्रीमा जानुहोस्

गोलबजारको गोलीकाण्डका मृतक गणेश यादवको घरमा अझै पुगेनन् गृहमन्त्री, दिउँसोदेखि पर्खाइमा परिवार

सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा गृहमन्त्री सुधन गुरुङ नपुगेका कारण परिवार, आफन्त र छरछिमेकी दिउँसो २ बजेदेखि पर्खेर बसेका छन् । मृतककै घर नजिक दिउँसोदेखि नै सुरक्षाकर्मी तैनाथ…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा रातिको सवा ९ बजेसम्म पनि गृहमन्त्री सुधन गुरुङ पुगेका छैनन् । गृहमन्त्री सिरहा आएको खबर सामाजिक सञ्जालमा दिउँसो नै सार्वजनिक भएको थियो, तर उनी मृतकको घरमा नपुग्दा परिवार पर्खाइमै छ ।

औरही गाउँपालिका–२ तुलसियाहीस्थित मृतक गणेशको घरमा गृहमन्त्री आउने भन्दै दिउँसो २ बजे परिवारलाई जानकारी गराइएको थियो । त्यसयता मृतकका परिवार, आफन्त र छरछिमेकी पर्खेर बसिरहेका छन् ।

घर नजिक सुरक्षाकर्मी तैनाथ

मृतकको घर नजिक दिउँसोदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको छ । तैपनि गृहमन्त्री गुरुङ ढिलो रातिसम्म मृतकको घरमा पुग्न सकेका छैनन् ।

गृहमन्त्री गुरुङ सिरहा आएको खबर सामाजिक सञ्जालमा दिउँसो नै देखिए पनि उनी रातिसम्म मृतकको घरमा नपुगेको अवस्था हो ।