मुख्य सामग्रीमा जानुहोस्

जेम्सले जित्यो जुनियर क्रिकेट लिगको उपाधि

एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्‍यो। जेम्सले ३० हजार नगदसहित ट्रफी आफ्नो नाममा पारेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

काठमाडौं, २९ साउन । जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन २ को उपाधि आफ्नो नाममा लेखाएको छ। शुक्रबार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनको अन्तरले पछि पार्दै च्याम्पियन बनेको हो।

फाइनलको विवरण

टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा चार विकेटको क्षतिमा ७० रनको योगफल तयार पार्यो। जवाफी ब्याटिङमा ओर्लेको डिएभी ‘नीलो’ भने ९.२ ओभरमा ६२ रनमा सीमित भयो।

पुरस्कार र उपाधि

उपाधिसँगै विजेता जेम्सले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गर्‍यो। उपविजेता डिएभी ‘नीलो’ ले भने २० हजार रुपैयाँमा चित्त बुझाउनु पर्‍यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डिएभी ‘नीलो’ का कमल साइ घोषित भए। उनी उत्कृष्ट ब्याट्सम्यानसमेत चुनिए। हिमालयन ह्वाइटहाउसका रिदम अधिकारी उत्कृष्ट बलर र आयोजक एन्जल्स हार्टका अभिषेक कठायत उदीयमान खेलाडी घोषित भए।

प्रतियोगिताको आयोजन

एन्जल्स हार्ट नेसनल स्कुलले आयोजना गरेको टी– १० इन्डोर छात्र क्रिकेट प्रतियोगितामा २४ टोलीले भाग लिएका थिए। प्रतियोगिताको व्यवस्थापन एन्जल्स स्पोर्ट्स एकेडेमीले गरेको थियो भने एनपीएल टिम काठमाडौं गुर्खाजले सहयोग गरेको थियो। अनुशासित टिमको ट्रफी भने मानसिंह धर्म माविले हात पार्यो।

विजेतालाई काठमाडौं गुर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहिया, एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुन, आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले पुरस्कृत गरे।