मुख्य सामग्रीमा जानुहोस्

विश्वपत्र अनलाइन

ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब…

Tej Poudel

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
ह्वात्तै बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । 
    
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य  १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ । 

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।