मुख्य सामग्रीमा जानुहोस्

आन्तरिक वायुसेवा दायित्व विधेयकमाथि विचार गर्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

राष्ट्रिय सभाको बिहीबारको बैठकले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत गरेको छ। मन्त्री खडकराज पौडेलले प्राकृतिक वा प्राविधिक कारणले उडान ढिलाइ हुँदा दायित्व नलाग्ने व्यवस्था विधेयकमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork

राष्ट्रिय सभाको बिहीबारको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथि विचार नै गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। उक्त प्रस्ताव सदनले सर्वसम्मतिले पारित गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सदनमा उक्त प्रस्ताव पेस गरेका थिए। उनले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडानमा ढिलाइ भएको अवस्थामा कुनै दायित्व नसिर्जना हुने गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिए।

यसअघि प्रस्तावमाथिको छलफलमा सांसदहरू सोनाम गेल्जेन शेर्पा, गीता देवकोटा, प्रेमप्रसाद दङ्गाल, पदमबहादुर परियार, सम्झना देवकोटा, भुवनबहादुर सुनार, युवराज शर्मा, रुक्मिणी कोइराला र नारायणदत्त मिश्रले आ–आफ्ना धारणा राखेका थिए।

युरोपेली आकाशको सूचीबाट फुकुवा

मन्त्री पौडेलले युरोपको आकाशमा नेपाली विमानलाई उडान सुरक्षाको सूचीमा राखिएको विषयमा फुकुवाका लागि काम भइरहेको बताए। उनका अनुसार आगामी छ महिनाभित्र सो कामको नतिजा देखिनेछ।

अर्को बैठक भदौ १ मा

राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ १ गते दिउँसो १ः१५ बजे बस्ने कार्यसूची तय भएको छ।