अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर २०८३ सालका '४० वर्षमुनिका ४० प्रभावशाली युवा'को सूची सार्वजनिक गरेको छ। ललितपुरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले छनोट भएका ४० युवालाई अवार्ड प्रदान गर्नुभएको हो।
देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिदेखि यस्तो सूची सार्वजनिक गर्दै आएको छ। यो अनलाइनखबरको तेस्रो संस्करण हो।
छनोट प्रक्रिया
४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो। अनलाइन आवेदन र सिफारिसमार्फत प्राप्त करिब साढे १५ सय नाममध्येबाट ४० जना छानिएका हुन्।
कार्यक्रमका तस्बिरहरू अनलाइनखबरमा हेर्न सकिनेछ।






