मुख्य सामग्रीमा जानुहोस्

पौडी टोलीको एसियाड तयारी बेंगलुरुमा, एक महिने प्रशिक्षणका लागि शनिबार भारत प्रस्थान

नेपाली पौडी टोलीले २०औं एसियाली खेलकुदको तयारीका लागि भारतको बेंगलुरुमा एक महिने प्रशिक्षण लिने भएको छ । पाँच खेलाडीसहित सात सदस्यीय टोली शनिबार भारत प्रस्थान गर्नेछ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

२९ साउन, काठमाडौं । आगामी २०औं एसियाली खेलकुदका लागि नेपाली पौडी टोलीले भारतको बेंगलुरुलाई प्रशिक्षण आधार बनाएको छ । पाँच खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापकसहित सात सदस्यीय टोली शनिबार बेंगलुरु प्रस्थान गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार आयोजित एक कार्यक्रममा टोलीलाई बिदाइ गरेका छन् ।

बेंगलुरुमा एक महिने तयारी

भारत प्रस्थान गर्ने टोलीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ छन् । महिलातर्फ डुवाना लामा र आर्या महर्जन सामेल छन् । रत्नलाल महर्जनले प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने शिरीष गुरुङ व्यवस्थापकका रूपमा टोलीसँग जाँदैछन् ।

टोलीले बेंगलुरुमा एक महिनासम्म प्रशिक्षण गरेपछि २०औं एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।

असोज ३ देखि एसियाड

२०औं एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुने तालिका छ । यसै प्रतियोगिताका लागि नेपाली पौडी टोलीले बेंगलुरुमा रहेर तयारी पूरा गर्न लागेको हो ।