मुख्य सामग्रीमा जानुहोस्

हरिवंश आचार्यद्वारा पुर्ख्यौली थलो काभ्रेमा टिमुर र एभोकाडो विरुवा रोपाइँ

अभिनेता हरिवंश आचार्यले फिल्म ‘महाजात्रा’को कार्बन उत्सर्जन कटौतीसम्बन्धी वाचाअनुसार काभ्रेको धुलिखेलस्थित पुर्ख्यौली थलोमा टिमुरका विरुवा रोपेका छन् । उनले ५० टिमुरका बोट रोपिसकेका छन् भने थप एभोकाडो रोप्ने तयारी रहेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
हरिवंश आचार्यद्वारा पुर्ख्यौली थलो काभ्रेमा टिमुर र एभोकाडो विरुवा रोपाइँ
Online Khabar

फिल्म ‘महाजात्रा’को कार्बन उत्सर्जन कटौती वाचा पूरा गर्न अभिनेता हरिवंश आचार्यले पुर्ख्यौली थलो काभ्रेमा वृक्षारोपण थालेका छन् । उनले केही दिनअघि धुलिखेल वडा १२ मा पर्ने शंखुस्थित जग्गामा ५० वटा टिमुरका बोट रोपेका हुन् ।

सोही स्थानमा अब एभोकाडोका विरुवा रोप्ने तयारी पनि हरिवंशको छ । विरुवा रोप्नुको कारणबारे उनले भने, “टिमुरको बोटमा काँडा हुने भएकाले यसले बारको काम पनि गर्छ । यो नगदेबाली पनि भएकाले रोपेको हुँ ।”

हरिवंशले त्यहाँ कुल २०० विरुवा रोप्ने वाचा पहिले नै गरेका थिए । वाचाअनुसार पहिलो चरणमा टिमुर रोपिएको छ भने अर्को चरणमा एभोकाडो रोप्ने उनको योजना छ ।

यसअघि फिल्म ‘महाजात्रा’का निर्माताले कार्बन तटस्थ पहलअनुसार फिल्मको छायांकन गरिएको जानकारी दिएका थिए । छायांकनका क्रममा केही कार्बन उत्सर्जन हुने भएपछि त्यसलाई सन्तुलन गर्न हरिवंशले विरुवा रोप्ने प्रतिबद्धता जनाएका थिए ।