मुख्य सामग्रीमा जानुहोस्

फिल्म 'सिन्दुरे जात्रा' को 'बाँसैको सुप्लाखे' गीत सार्वजनिक, भिडियोमा विजय र अञ्जना

नेपाली फिल्म 'सिन्दुरे जात्रा' को पहिलो गीत 'बाँसैको सुप्लाखे' सार्वजनिक भएको छ। प्रशान्त सिवाकोटी र मेलिना राईले स्वर दिएको गीतको भिडियोमा विजय बराल र अञ्जना बराइलीको जोडी देखिएको छ। फिल्म मंसिर १८ गते रिलिज हुने भएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
फिल्म 'सिन्दुरे जात्रा' को 'बाँसैको सुप्लाखे' गीत सार्वजनिक, भिडियोमा विजय र अञ्जना
Online Khabar

नेपाली फिल्म 'सिन्दुरे जात्रा' मा समावेश 'बाँसैको सुप्लाखे' बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईले स्वर दिएका छन्। सुरज गैरे विवशले गीतको शब्द लेखेका छन् भने संगीत प्रशान्त सिवाकोटी आफैंले दिएका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन्। दुवैको नृत्यलाई पनि भिडियोमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ। प्रेममा रहेका युवायुवतीबीच मनको कुरा इसारै इसारामा साटिने क्षणलाई गीतले समेटेको छ। गीतमा प्रेम, लजालुपन, इसारा, विश्वास र आश्वासनको भाव पाइन्छ, जसले प्रणयरत जोडीबीचको सम्बन्धलाई देखाउँछ।

फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका छन्। विजय बराल र अञ्जना बराइलीको यो दोस्रो सहकार्य हो। यसअघि यही टोलीले नेपाली फिल्म इतिहासको सर्वाधिक सफल मानिएको 'पूर्णबहादुरको सारङ्गी' मा सँगै काम गरेको थियो।

कलाकार तथा प्राविधिक टोली

'सिन्दुरे जात्रा' मा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको लेखन सबिन अधिकारी र वसन्त न्यौपानेले गरेका छन् भने कथा निर्देशक पौडेल स्वयंको हो। सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माताका रूपमा छन्। सुमन रञ्जित एसोसिएट निर्माता र अनिश अधिकारी लाइन निर्माता रहेका छन्। दिनेश खड्का कार्यकारी निर्माता छन्।

फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु) को डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रको संगीत प्रशान्त सिवाकोटीकै रहनेछ।

'सिन्दुरे जात्रा' मंसिर १८ गते प्रदर्शनमा आउँदै छ। फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ। विग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।