मुख्य सामग्रीमा जानुहोस्

‘तिरिमिरी झ्याइँ’ को फस्टलुक पोस्टर सार्वजनिक, माघ २८ देसदेखि देशभर प्रदर्शन

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्मित ‘तिरिमिरी झ्याइँ’ आगामी माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रको फस्टलुक पोस्टरसँगै निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको हो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
‘तिरिमिरी झ्याइँ’ को फस्टलुक पोस्टर सार्वजनिक, माघ २८ देसदेखि देशभर प्रदर्शन
Online Khabar

हास्यव्यङ्ग्यात्मक नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि तोकेको छ । समीरको निर्देशनमा तयार भएको यो चलचित्र आगामी माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल एकसाथ देखिएका छन् । उनीहरूको अनुहारमा फरक–फरक हाउभाउ र भावभङ्गी रहेको पोस्टरले देखाएको छ ।

आभास अधिकारीको कथा तथा अवधारणामा निर्माण भएको यो चलचित्र मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित छ । दर्शकलाई हँसाउने मात्र नभई सामाजिक परिवेशसँग जोड्ने अपेक्षा निर्माण पक्षको छ । चलचित्र होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बनेको हो ।

पर्दामा ‘दले दाइ’ को डेब्यू

यो चलचित्रमार्फत ‘दले दाइ’ उपनामले परिचित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यू गरेका छन् । चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।

फस्टलुक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक भएपछि चलचित्रप्रति दर्शकको चासो बढेको छ । माघ २८ गते देशभरका हलमा एकैसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।