मुख्य सामग्रीमा जानुहोस्

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित, भदौ ८ गते बस्ने

बुधबारको प्रतिनिधिसभा बैठकमा बाल श्रम (निषेध र नियमित गर्ने) ऐन संशोधन विधेयकमाथि छलफल भएको थियो। सांसदहरूले बालश्रममा रहेका बालबालिकालाई विद्यालय पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित, भदौ ८ गते बस्ने
Online Khabar

प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बुधबार बसेको बैठक स्थगित गर्दै सभामुख डोलप्रसाद अर्याल (डीपी) ले अर्को बैठक भदौ ८ गते दिउँसो १ बजेका लागि तोकेका छन्।

बुधबारको बैठकमा बाल श्रम (निषेध र नियमित गर्ने) ऐन संशोधन विधेयकमाथि छलफल भएको थियो। सो क्रममा सांसदहरूले नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्थाअनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने धारणा राखेका थिए।

पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा संलग्न छन्। तीमध्ये करिब सवा २ लाख बालबालिका जोखिमपूर्ण काममा रहेको बताइएको छ। बालश्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि र घरेलु काममा देखिन्छ।

सोही तथ्यांकलाई औंल्याउँदै सांसदहरूले बालश्रममा रहेका बालबालिकालाई विद्यालय पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्।