काठमाडौं, ४ भदौ । ललितपुरको बालकुमारी–बल्खु खण्डमा जोडिने चक्रपथ अब राति पनि उज्यालो हुने भएको छ। करिब ७.९ किलोमिटर लामो सो खण्डमा सडक बत्ती जडान भएपछि मार्ग झिलिमिली देखिएको हो।
चक्रपथको सो खण्ड निर्माण भएको सात वर्षपछि ललितपुर महानगरपालिकाले सडक बत्ती जडान गरेको हो। महानगरपालिकाले ७.९ किलोमिटर सडकमा बत्ती राखेसँगै साँझपखदेखि नै चक्रपथमा उज्यालो देखिन थालेको छ।
बत्ती जडानपछिको चक्रपथको दृश्य अहिले आकर्षक देखिएको छ। रातको समयमा पनि उक्त खण्ड झलमल्ल बनेको छ।
बुधबार साँझ गृहमन्त्री सुधन गुरुङले सडक बत्तीको उद्घाटन गरेका छन्।







