मुख्य सामग्रीमा जानुहोस्

टप एन्ड टी–२० सिरिज: आज नेपाल र बंगलादेश हाइ पर्फर्मेन्स टोली भिड्दै

टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपालको सामना बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग हुँदैछ। पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
टप एन्ड टी–२० सिरिज: आज नेपाल र बंगलादेश हाइ पर्फर्मेन्स टोली भिड्दै
Online Khabar

अस्ट्रेलियाको नर्थन टेरिटोरीमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेश हाइ पर्फर्मेन्स टोलीको सामना गर्दै छ। नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुने यस भिडन्तमा नेपालको ए टोली प्रतिस्पर्धामा उत्रनेछ।

बंगलादेशले यसपटक हाइ पर्फर्मेन्स टोली पठाएको हो। टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू पनि सामेल छन्। ३४ वर्षीय सबिर रहमान यस टोलीका सबैभन्दा पाका र अनुभवी खेलाडी हुन्। उनले बंगलादेशका लागि टेस्ट, ओडीआई र टी–२० गरी तीनवटै अन्तर्राष्ट्रिय फर्म्याट खेलेका छन्।

यसैगरी शमिम होसेन, रकिबुल हसन, रिपोन मन्डल, अबु हिदर र मृत्युन्जय चौधरी पनि राष्ट्रिय टोलीको अनुभव बोकेका खेलाडी हुन्। बंगलादेशले गत संस्करण भने बंगलादेश ए नामबाट खेलेको थियो।

सिरिजको आफ्नो पहिलो खेल शुक्रबार नेपालले एनटी स्ट्राइकसँग गुमाएको थियो। आजको खेलमा भने नेपालको कप्तानी अनिल साहले गर्नेछन्।

नेपालको टोली: अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल।

बंगलादेश हाइ पर्फर्मेन्स टोली: इर्फान सुक्कुर, हबिबुर रहमान सोहान, जिशान आलम, एस एम मेहेरोब हसन, समिउन बसिर रातुल, सब्बिर रहमान रोमन, रोहानत दौल्लाह बोर्सन, रकिबुल हसन, आरिफुल इस्लाम, अब्दुल गफ्फार साक्लिन, रिपोन मण्डल, एमडि रुबेल, अबु हिदर रोनी, शामिम हुसेन र मृत्युञ्जय चौधरी।