मुख्य सामग्रीमा जानुहोस्

नवप्रवेशी कोभेन्ट्रीमाथि आर्सनलको ३–० जित

एमिरेट्स स्टेडियममा भएको उद्घाटन खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीविरुद्ध सहज जित निकाल्यो। काइ हाभर्ट्ज, बुकायो साका र मार्टिन ओडेगार्डले गोल गरे।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नवप्रवेशी कोभेन्ट्रीमाथि आर्सनलको ३–० जित
Online Khabar

६ भदौ, काठमाडौं । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै उत्कृष्ट सुरुआत गरेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा नवप्रवेशी कोभेन्ट्री सिटीविरुद्ध आर्सनलले ३–० को जित निकाल्दै उपाधि रक्षाको अभियान थालेको छ ।

खेलको पहिलो हाफमै आर्सनलले २–० को अग्रता बनाइसकेको थियो । काइ हाभर्ट्जले १५औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । आठ मिनेटपछि बुकायो साकाले दोस्रो गोल थपे । दोस्रो हाफ सुरु भएको चार मिनेटमै कप्तान मार्टिन ओडेगार्डले तेस्रो गोल गरेपछि आर्सनलको जित लगभग सुनिश्चित भइसकेको थियो ।

यस गर्मीमा टोलीमा भित्रिएका ग्रीक विंगर क्रिस्टोस ट्जोलिसले आर्सनलको आक्रमणलाई निरन्तर गतिशील बनाए । पहिलो दुई गोल आउन उनको महत्वपूर्ण भूमिका रह्यो । चोटका कारण ब्रुनो गुइमाराएस भने यो खेलमा उपलब्ध भएनन् ।

२५ वर्षपछि प्रिमियर लिगमा फर्किएको कोभेन्ट्रीले आर्सनलविरुद्ध खासै चुनौती पेस गर्न सकेन । फ्रान्क लाम्पार्डको टोलीले खेलभरि लक्ष्यतर्फ जम्मा एक पटक मात्र प्रहार गर्न सफल रह्यो ।

गत सिजन २२ वर्षपछि प्रिमियर लिग उपाधि जितेको आर्सनलले आफ्नो पहिलो खेलमै बलियो प्रदर्शन गरेको छ र उपाधि रक्षाको सन्देश दिएको छ ।