६ भदौ, काठमाडौं । बङ्गलादेशको २३औं राष्ट्रपतिमा निर्वाचित भएपछि मिर्जा फखरुल इस्लाम आलमगीरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरको नयाँ कार्यकालका लागि सफलताको कामना गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन् ।
ढाकास्थित नेपाली राजदूतावासका अनुसार शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले दुई देशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।







