मुख्य सामग्रीमा जानुहोस्

म्याकका लागि च्याटजीपीटीमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक

ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ। यो सुविधा च्याटजीपीटी वर्क र कोडेक्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ र एप्पल सिलिकन चिप भएका म्याकमा मात्र चल्छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
म्याकका लागि च्याटजीपीटीमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक
Online Khabar

ओपनएआईले म्याकका लागि आफ्नो च्याटजीपीटी डेस्कटप एपमा नयाँ सुविधा थपेको छ । कम्पनीले ‘एप्पल मेसेजेज’ नामक प्लगइन सार्वजनिक गरेसँगै प्रयोगकर्ताले आइमेसेज, एसएमएस र आरसीएसका कुराकानीहरू सीधै च्याटजीपीटीमार्फत खोज्न, सारांश हेर्न र जवाफ तयार गर्न सक्ने भएका छन् । सन्देश पठाउन भने प्रयोगकर्ताले नै स्वीकृति दिनुपर्ने व्यवस्था राखिएको छ ।

यो सुविधा हाल च्याटजीपीटी वर्क र कोडेक्स खाता प्रयोग गर्नेहरूका लागि मात्र उपलब्ध हुने बताइएको छ । एप्पल सिलिकन चिप भएका म्याकमा मात्र यसले काम गर्ने र इन्टेल चिप भएका पुराना म्याकमा उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

प्लगइन सेटअप गर्न प्रयोगकर्ताले म्याकको फुल डिस्क एक्सेस, कन्ट्याक्ट्स र अटोमेसनसम्बन्धी अनुमति दिनुपर्ने हुन्छ । ओपनएआईका अनुसार यसले प्रयोगकर्ताका सन्देशहरू आफैँ सङ्कलन गर्दैन वा तिनको छुट्टै फाइल बनाउँदैन । प्रयोगकर्ताले कुनै निश्चित सन्देश वा कुराकानी खोज्न भनेपछि मात्र प्लगइनले पुराना म्यासेजहरू पढ्नेछ ।

तर, फुल डिस्क एक्सेस दिनुपर्ने भएकाले ब्लुमबर्गलगायतका स्रोतहरूले गोपनीयता र सुरक्षाको चिन्ता व्यक्त गरेका छन् । यसले एपलाई म्याकमा रहेका अन्य फाइलहरूमा समेत पहुँच दिने भएकाले जोखिम हुनसक्ने उनीहरूको भनाइ छ । ओपनएआईले भने यो फिचर स्थानीय रूपमा चल्ने, प्रयोगकर्ताको पूर्ण नियन्त्रणमा रहने र सन्देश पठाउनुअघि स्वीकृति लिने प्रणाली भएकाले सुरक्षित रहेको स्पष्ट पारेको छ ।

योग्य म्याक र च्याटजीपीटी वर्क वा कोडेक्स खाता भएका प्रयोगकर्ताले एपको प्लगइन्स ट्याबबाट यो सुविधा सक्रिय गर्न सक्नेछन् । तर, सेटअपका क्रममा दिइने अनुमति र सन्देश पठाउँदा अपनाइने सावधानीबारे भने विशेष ध्यान दिनु उचित हुनेछ ।