मुख्य सामग्रीमा जानुहोस्

चितवनको आँपटारीमा तीन सवारी ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

चितवनको आँपटारीमा आज बिहान ट्रक, कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक घाइते भएका छन्। प्रहरीले संलग्न चालक र सवारीसाधन नियन्त्रणमा लिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
चितवनको आँपटारीमा तीन सवारी ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
Online Khabar

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति मोटरसाइकल चालक हुन्। उनको पहिचान भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्ट भएको बताइएको छ। गम्भीर घाइते विष्टलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नारायणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कारसँग आज बिहान ठक्कर खाएको थियो।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन्। उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।