मुख्य सामग्रीमा जानुहोस्

संघीय प्रणाली र संविधान जोगाउन व्यवसायी सक्रिय हुनुपर्ने निधिको आग्रह

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक प्रणाली संकटमा पर्दा व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै प्रणाली जोगाउन व्यवसायीहरू एकजुट हुनुपर्ने बताएका छन्। जनकपुरधाम सुनचाँदी व्यवसायी संघको कार्यक्रममा उनले सरकारको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
संघीय प्रणाली र संविधान जोगाउन व्यवसायी सक्रिय हुनुपर्ने निधिको आग्रह
Online Khabar

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको सुरक्षामा व्यवसायीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

निधिले संविधानसभाका दुई निर्वाचन र जनताको लामो संघर्षपछि निर्माण भएको संघीय संरचना र संविधानमाथि अहिले चौतर्फी प्रहार भइरहेको भन्दै चिन्ता प्रकट गरे । राजनीतिक प्रणाली धरापमा पर्दा त्यसको सोझो असर व्यवसायमा पर्ने भएकाले व्यवसायीहरू राजनीतिप्रति सजग हुनुपर्ने उनले बताए । सात प्रदेश, ७५३ स्थानीय तह र ६ हजार ७४३ वडासहितको संरचना कार्यान्वयन गर्नु आजको आवश्यकता भए पनि दलहरूको आन्तरिक द्वन्द्व र अन्य कारणले संघीयता, लोकतन्त्र र समावेशितामाथि जोखिम बढेको उनको भनाइ छ । नेता तथा दलहरूको मात्र जिम्मेवारी नभई व्यवसायीको समेत प्रत्यक्ष सरोकार रहेकाले प्रणाली बचाउन सबै एकजुट हुनुपर्ने उनले आग्रह गरे ।

सुनचाँदी व्यवसाय क्षेत्रका समस्या समेट्दै निधिले सरकारको ध्यान तान्ने प्रयास गरे । सरकारी निकायले सुनचाँदी व्यवसायीलाई कालोबजारी गर्ने समूहका रूपमा हेर्ने प्रवृत्तिको उनले आलोचना गरे र त्यो सोच तत्काल बदल्नुपर्ने बताए ।

उनले व्यवसायीले निर्भय भई व्यापार गर्न सक्ने वातावरण तयार पार्न सहज, सुरक्षित र मर्यादित कानुन निर्माण गर्नुपर्ने माग राखे । व्यवसायीले ग्राहकबाट फिर्ता लिएको वा खरिद गरेको सुन बैंकले खरिद गरिदिने व्यवस्था हुनुपर्ने र सुनचाँदी व्यवसायीको सामाजिक मर्यादा जोगाउन नकारात्मक दृष्टिकोणको अन्त्य गर्नुपर्ने उनले सुझाव दिए ।