मुख्य सामग्रीमा जानुहोस्

डा. बन्जाडे चुनाबी अभियानलाई तिब्रता दिने क्रममा लस एन्जलस आउदै

क्यालिफोर्निया(अमेरीका) | गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीकाको अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडे आफ्नो चुनाबी अभियानलाई तिब्रता दिंदै आगामी शनिवार, जुन २४, २०२३ का दिन लस एन्जलस्,…

Tej Poudel

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
डा. बन्जाडे चुनाबी अभियानलाई तिब्रता दिने क्रममा लस एन्जलस आउदै

क्यालिफोर्निया(अमेरीका) | गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीकाको अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडे आफ्नो चुनाबी अभियानलाई तिब्रता दिंदै आगामी शनिवार, जुन २४, २०२३ का दिन लस एन्जलस्, क्यालिफोर्निया पुग्दैछन्।

टेक्सास, ईलिनोई र केन्टकीमा भब्यताका साथ आफ्नो चुनाबी अभियान सम्पन्न गरिसकेका डा. बन्जाडे “परिबर्तन अपरिहार्य छ” भन्ने एजेन्डामा सहकार्य गर्ने उम्मेदवारहरू सहित लस एन्जलस् , क्यालिफोर्र्निया पुग्दैछन्।

लस एन्जलस चुनाबी अभियानका संयोजक एवं डा. बन्जाडेको टिमबाट उपाध्यक्षका उम्मेदवार बनेका ज्ञानेन्द्र गुरूंगका अनुसार हालसम्म आईसीसी सदस्य पदका उम्मेदवार पदम ठकुराठी, बरिष्ठ उपाध्यक्षका उम्मेदवार विकास उप्रेती, उपाध्यक्षका उम्मेदवार प्रेम तामॉग, महिला उपाध्यक्ष पदका उम्मेदवार सुनिता कंडेल र महासचिबका उम्मेदवार गोपेन्द्र भट्टराई आउने पक्का भैसकेका छन्। त्यसैगरी महिला सचिव पदका उम्मेदवार शान्ती वाग्ले पौड्याल र युवा संयोजक पदको उम्मेदवार तेज पौडेल (विनोद) र महिला संयोजक पदको उम्मेदवार सुनिता खत्री पनि लस् एन्जलस, क्यासिफोर्निया आउने टिकट लिईसकेका छन्।

डा. बन्जाडेको टिमबाट क्यालिफोर्निया आउने पदाधीकारीहरूको संख्या अझै बढ्ने अनुमान गरिएकोछ। लस एन्जलस चुनाबी कार्यक्रम संयोजक गुरूंगका अनुसार भेटघाट कार्यक्रमको सबै तैयारी लगभग पुरा भैसकेकोछ।

एनआरएनए अमेरीकाको चुनाब समयमै हुने वा नहुने अन्यौलका बिच पनि डा. अर्जुन बन्जाडेले आफ्नो चुनाबी अभियानलाई निरन्तरता दिंदै अर्को चुनाबी तथा भेटघाट कार्यक्रम जुन ३०, २०२३ तारीकका दिन डेनभर, कोलोराडोमा गर्ने तय गरेका छन्।