मुख्य सामग्रीमा जानुहोस्

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करणमा नासा सेक्युरिटीजको सहकार्य कायम

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करणमा नासा सेक्युरिटीज कम्पनी लिमिटेडको सहकार्य जारी रहने भएको छ। भदौ १८ गते काठमाडौंमा हुने अवार्डमा कम्पनीले सहप्रायोजन गर्ने र आधिकारिक स्टक ब्रोकरेज पार्टनरका रूपमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करणमा नासा सेक्युरिटीजको सहकार्य कायम
Online Khabar

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करणमा नासा सेक्युरिटीज कम्पनी लिमिटेडको सहकार्य यसपटक पनि निरन्तर रहने भएको छ। मञ्च र कम्पनीबीच भएको सम्झौताअनुसार नासा सेक्युरिटीजले यस वर्षको अवार्डमा स्टक ब्रोकरेज पार्टनरको भूमिका निर्वाह गर्नेछ।

सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटीजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार आगामी भदौ १८ गते काठमाडौंमा हुने स्पोर्ट्स अवार्ड समारोहमा नासा सेक्युरिटीजले सहप्रायोजन गर्नेछ। साथै, मञ्चले कम्पनीलाई आधिकारिक स्टक ब्रोकरेज पार्टनरका रूपमा प्रवर्द्धन गर्ने जिम्मेवारी लिएको छ।

यसैबीच, यस वर्षको पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको नाम सार्वजनिक गरिएको छ। फुटबलकी पूजा राना, एमएमएका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र करातेकी सानु माया थिङ उक्त विधाका मनोनयनमा परेका छन्।

मनोनयनमा परेका खेलाडीका लागि खल्ती वालेट, एनएसजेएफ स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिनेछ।

आयोजकले यसपटक नौ विधामा उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने जनाएको छ। तीमध्ये उत्कृष्ट पुरुष तथा महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपुल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथ्लिट अनर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्।