मुख्य सामग्रीमा जानुहोस्

अन्तिम मिनेटको पेनाल्टी गोलमा लिभरपुलको हार टर्‍यो

लिभरपुलले इंग्लिस प्रिमियर लिगको सुरुआती खेलमा न्युक्यासल युनाइटेडविरुद्ध २–२ गोलको बराबरी गर्दै हारबाट जोगिएको छ। इन्जुरी समयको अन्तिम क्षणमा डोमिनिक सोबोस्लाइले पेनाल्टी गोल गरेपछि लिभरपुलले एक अंक बचाएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

५पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
अन्तिम मिनेटको पेनाल्टी गोलमा लिभरपुलको हार टर्‍यो
Online Khabar

काठमाडौं, भदौ ७ । डोमिनिक सोबोस्लाइले इन्जुरी समयको अन्तिम मिनेटमा पेनाल्टी गोल गरेपछि लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा हारबाट जोगिएको छ। न्युक्यासल युनाइटेडविरुद्धको खेल २–२ गोलको बराबरीमा सकिएको हो।

घरेलु टोली न्युक्यासलले खेलको पाँचौं मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट अग्रता लिएको थियो। तर लिभरपुलका कोडी गाक्पोले ५५औं मिनेटमा गोल गर्दै स्कोर बराबरी गरे। त्यसको दुई मिनेटपछि नै जो विलकले गोल गर्दा न्युक्यासलले फेरि अग्रता बनायो।

खेलको अन्त्यतिर लिभरपुलले पेनाल्टी पायो र सोबोस्लाइले इन्जुरी समयको नवौं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए। यससँगै दुवै टोलीले नयाँ सिजन एक–एक अंक बाँडेर सुरुआत गरेका छन्।