काठमाडौंको कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार मध्यान्ह विशेष सूचनाका आधारमा छापा मार्दै गोली प्रहार गरेको हो ।
गोली लाग्दा एक भारतीय नागरिक घाइते भएका छन् भने अन्य दुई नेपाली नागरिकलाई पक्राउ गरिएको छ । घाइते भारतीय नागरिकको पहिचान खुल्न सकेको छैन । प्रहरीले पक्राउ परेका नेपाली नागरिकको नाम भने सार्वजनिक गरेको छैन ।
ब्युरोका प्रवक्ता एसएसपी सुभाष बोहराका अनुसार लागुऔषध कारोबारीलाई पक्राउ गर्न जाँदा उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेका थिए । त्यसपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

