मुख्य सामग्रीमा जानुहोस्

फिफा निलम्बन फुकुवाको माग गर्दै एन्फा मंगलबार राखेपमा धर्नामा बस्ने

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन फुकुवाको माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना दिने भएको छ । एन्फा कर्मचारी, रेफ्री र प्रशिक्षकसमेतको टोली…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
फिफा निलम्बन फुकुवाको माग गर्दै एन्फा मंगलबार राखेपमा धर्नामा बस्ने
Online Khabar

काठमाडौं । फिफाको निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राख्दै मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ज्ञापनपत्र बुझाउने र धर्नामा बस्ने भएको छ ।

एन्फा कर्मचारी, रेफ्री तथा प्रशिक्षकसमेतको टोली राखेप पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिए । एन्फाको निलम्बन फुकुवा र साफ प्रतियोगिता खेल्न पाउने–नपाउने विषय आपसमा जोडिएको भन्दै राईले फुटबलका समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउन लागिएको बताए ।

ज्ञापनपत्र बुझाएपछि राखेप परिसरमा एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी एन्फाले गरेको छ । कर्मचारीहरूसँगको छलफलपछि ज्ञापनपत्र तथा धर्नाको कार्यक्रम तय भएको संघले जनाएको छ ।

फिफाको निलम्बन

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत १० असारमा एन्फालाई निलम्बन गरेको थियो । सो निलम्बनका कारण नेपाली फुटबल शून्य अवस्थामा पुगेको छ ।

निलम्बन हटाउनका लागि सरकारले कुनै पहल नगरेको दाबी एन्फा नेतृत्वको छ । सोही विषय उठाउँदै संघले राखेपमा ज्ञापनपत्रसहित धर्ना कार्यक्रम घोषणा गरेको हो ।