मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान ठूलो बाढी आएको छ। तिब्बततर्फबाट आएको बाढीबाट भएको क्षतिबारे विवरण आउन बाँकी छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
Online Khabar

रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक ठूलो बाढी आएको छ। तिब्बततर्फबाट बाढी आएको सूचना प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।

प्रजिअ परियारका अनुसार बिहान करिब सवा ९ बजेतिर भोटेकोशीमा बाढी आएको हो। उनले बाढीबाट भएको क्षतिबारे अहिले यकिन गर्न नसकिने बताएका छन्। क्षतिको विवरण बुझ्ने प्रयास जारी रहेको उनको भनाइ छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। नदी आसपासका क्षेत्रमा बढी सावधानी अपनाउन पनि भनिएको छ।