मुख्य सामग्रीमा जानुहोस्

कांग्रेसको १५औं महाधिवेशन सुरु, खुलामञ्चमा उद्घाटन सत्रको तयारी

नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरु भएको छ । उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा हुँदै छ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम १९–२० असोजमा तय भएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कांग्रेसको १५औं महाधिवेशन सुरु, खुलामञ्चमा उद्घाटन सत्रको तयारी
Online Khabar

नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा उद्घाटन सत्र सुरु गर्ने तयारी भइरहेको छ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन अघि बढेको हो ।

महाधिवेशनको बन्दसत्र लगायत अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा हुने पार्टीले जानकारी दिएको छ । यस्तै, निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता गरेको छ । नाम दर्ताका लागि प्रतिनिधिपिच्छे ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।

नाम दर्ता गराउने प्रतिनिधिलाई पार्टीले झोला दिएको छ । सो झोलामा पार्टीको विधान, डायरी, डटपेन, खाना, खाजा तथा नास्ताका लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।