मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी अपडेट : १५७ शव फेला, २८ प्रहरी सम्पर्कविहीन

रसुवा बाढी प्रभावित सात जिल्लामा १५७ जनाको शव फेला परेको छ । सबैभन्दा बढी धादिङमा ६४ शव फेला परेका छन् । त्यस्तै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् भने ४१ जना घाइतेको उपचार भइरहेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढी अपडेट : १५७ शव फेला, २८ प्रहरी सम्पर्कविहीन
Online Khabar

रसुवाको बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म १५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । भदौ १० गते राति ११:०५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार सात जिल्लामा गरी उक्त सङ्ख्यामा शव भेटिएका हुन् ।

प्रहरीले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा धेरै धादिङमा ६४ जनाको शव फेला परेको छ । यसैगरी नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको बुलेटिनमा उल्लेख छ ।

प्रहरीका अनुसार अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएका छन् । बाढी र विपत्तिका बीच उनीहरूको अवस्थाबारे खुलेको भने छैन ।

बाढीका कारण घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । तीमध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, चार जना ट्रमा सेन्टर, तीन जना वीर अस्पताल, एक जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, तीन जना नर्भिक अस्पताल र नौ जना त्रिशूली अस्पतालमा उपचाररत छन् ।