मुख्य सामग्रीमा जानुहोस्

टिमुरेमाथि अलपत्र परेकालाई भोलि बिहान हवाई उद्धार गर्ने सेनाको तयारी

रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार र खोजीकार्यमा नेपाली सेना रातभर खटिने भएको छ । प्रधानमन्त्री कार्यालयले टिमुरेमाथि रहेका ठूलो सङ्ख्यालाई भोलि बिहान हवाई उद्धार गरिने जानकारी दिएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
टिमुरेमाथि अलपत्र परेकालाई भोलि बिहान हवाई उद्धार गर्ने सेनाको तयारी
Online Khabar

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र खोजी कार्य रातभर जारी रहने भएको छ । प्रधानमन्त्री कार्यालयले आज राति जारी गरेको विज्ञप्तिअनुसार नेपाली सेनाका टोलीहरू रातभर परिचालित हुनेछन् ।

बाढीबाट प्रभावितको सङ्ख्या ठूलो रहेको र उद्धारका लागि चौतर्फी अपिल आइरहेको सन्दर्भमा उद्धार कार्यलाई निरन्तरता दिन लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रातभर ११ एक्स टोलीले जमिनबाटै उद्धार र खोजी गर्नेछन् ।

त्यस्तै, भोलि बिहान टिमुरेमाथि अलपत्र परेको ठूलो समूहलाई हवाई माध्यमबाट उद्धार गरिनेछ । विभिन्न सुरुङमा फसेकाहरूको उद्धारका लागि पनि प्रयास जारी रहने प्रधानमन्त्री कार्यालयले बताएको छ ।

आज दिनभर उद्धार, खोज तथा राहतका लागि एक हजार १६९७ परिचालन गरिएको थियो । थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ ।

सेनाका अनुसार आज ६ सैनिक हेलिकप्टरबाट ९४ जना र ५ गैरसैनिक हेलिकप्टरबाट १२ जनाको हवाई उद्धार गरिएको थियो । यस्तै, जमिनबाट थप २७ जनालाई उद्धार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा ८०० केजी टेन्ट र २०० केजी मेडिकल सामग्री पुर्‍याइएको सेनाले जनाएको छ ।